आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

अभिनेता भुवन केसीले राजनीतिबाट कला क्षेत्रलाई अगाडी बढाउने

गोकर्णेश्वर खबर२१ बैशाख २०७९, बुधबार १९:१८ मा प्रकाशित (१ साल अघि) ४१६ पाठक संख्या

२१ वैशाख, काठमाडौं । अभिनेता भुवन केसीले राजनीतिबाट कला क्षेत्रलाई अगाडी बढाउने बताएका छन् । केसी मंगलबार नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले भुवनसहितका कलाकारलाई पार्टी प्रवेश गराएका थिए ।

काँग्रेस प्रवेश गरेपछि अभिनेता केसीले हरेक क्षेत्रमा हरेक मानिस आफ्नो क्षमताअनुसार लाग्ने भएकोले आफू राजनीतिमा पनि अगाडी बढेको बताए । सबैको आफ्नै क्षेत्र छ । जस्तै, खेलाडीले देशको लागि मेडल जित्छ, इन्जिनियरले घर बनाउँछ, कला संस्कृति बचाउन लाग्ने छुट्टै छन् । कलाकार बनेर ४० वर्ष चलचित्र क्षेत्रमा काम गरेको बताउँदै केसीले राजनीतिसँगै कलाकारिता क्षेत्रमा आफू सक्रिय भईरहने बताए ।

केसीले भनें- ‘मेरो सपना नेपाली संगीत, कला र साहित्य विश्वमा फैलाउनु हो । हाम्रो देशको कुनामा पनि हाम्रा सिनेमा र संस्कृति पुग्न सकेका छैनन् । यो सबै गर्नका लागि राजनीतिबाट नै सम्भव हुनेरहेछ । अहिले आएर आफ्नो सपना सुनाउने ठाउँ संसद भवन नै रहेछ भन्ने मेलै बुझें । संसदमा आजसम्म यस विषयमा आवाज उठाउने व्यक्ति देखिएन । म यही आवाज उठाउनका निम्ति राजनीति प्रवेश गरेको हुँ । म कुनै झण्डा बोक्न र मन्त्री बन्न आएको होइन । मेरो पहिलो प्रयास भनेको राजनीतिबाट कला क्षेत्रलाई अगाडि बढाउनु नै हो ।’