आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कागेश्वरी-मनोहरा नगरपालिकाको उपमेयर पदमा दिनेश अर्यालको दावी

गोकर्णेश्वर खबर७ बैशाख २०७९, बुधबार २१:२० मा प्रकाशित (२ साल अघि) १०९१ पाठक संख्या

७ वैशाख, काठमाडौं । कागेश्वरी-मनोहरा नगरपालिकाको उपमेयर (नगर उपप्रमुख) पदमा दिनेश अर्यालले दावी गरेका छन । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि समेत रहेका अर्यालले गठबन्धनको प्रयास भईरहँदा उपमेयरमा आफ्नो उम्मेदवारी दावी गरेका हुन् ।

अर्यालले नेपाली कांग्रेस साविक गागलफेदी १ को इकाई सचिव तथा नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगर कार्यसमितिको सचिवको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन । जेसिज मनोहराका वर्ष २०२२ का अध्यक्ष समेत रहेका अर्याल सामाजिक राजनीतिक क्षेत्रमा सक्रिय रहेका छन् ।

विकासका लागि सुशासन र युवा नेतृत्व आवश्यक रहेको बताउँदै अर्यालले कागेश्वरी-मनोहरामा कला संस्कृतिको संरक्षण प्रवद्धर्न गर्दै मानव विकास सुचकांकमा विकास गर्दै आधुनिक र समृद्ध नगर बनाउने योजना रहेको बताए । नगरपालिकामा शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयमा गहन अध्ययन गरी समस्या समाधानका लागी काम गर्ने बताउँदै उनले आफूले नगरको विकासमा इमानदारीतापूर्वक कार्य गर्ने गोकर्णेश्वर खबरलाई बताए ।

विकासका लागि जनताले राम्रो उम्मेदवार खोजेको भन्दै उनले आम नगरवासीले आफूलाई जिताउने विश्वास समेत व्यक्त गरे ।