आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

गोकर्णेश्वर ४ को वडा सदस्यमा राजेश श्रेष्ठको दावी

गोकर्णेश्वर खबर७ बैशाख २०७९, बुधबार ०७:४२ मा प्रकाशित (२ साल अघि) ६२१ पाठक संख्या

७ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ४ को वडा सदस्यमा राजेश श्रेष्ठले उम्मेदवारी दावी गरेका छन् । बैशाख ३० गते हुने स्थानीय चुनावका लागि नेपाली कांग्रेसका तर्फबाट श्रेष्ठले वडा सदस्यमा दावी गरेका हुन् ।

नेपाल तरुण दलको वडा सभापति समेत रहेका श्रेष्ठ क्षेत्रीय प्रतिनिधि समेत हुन् । सामाजिक, राजनीतिक क्षेत्रमा क्रियाशिल श्रेष्ठ वडा सदस्यको प्रवल दावेदार पनि हुन् ।

श्रेष्ठले वडाको विकासका लागि सबै संभावना परिचालन गर्ने सोच बोकेर आफूले वडा सदस्यमा उम्मेदवारी दावी गरेको गोकर्णेश्वर खबरलाई बताए ।