आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ काठमाडौं अध्यक्षमा नवराज लामा सर्वसम्मत

गोकर्णेश्वर खबर२८ चैत्र २०७८, सोमबार ०८:३५ मा प्रकाशित (२ साल अघि) ८८५ पाठक संख्या

२८ चैत, काठमाडौं । लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको आईतबार भएको भेलाबाट महासंघका केन्द्रीय सदस्य नवराज लामा काठमाडौं जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । जिल्ला भेलाले ९ जना पदाधिकारी सहित ११५ सदस्यीय कमिटि सर्वसम्मत निर्वाचित गरेको हो ।

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको काठमाडौं जिल्ला भेला आईतबार सम्पन्न भएको छ । प्रमुख अतिथी पूर्वमन्त्री शेर बहादुर तामाङले भेलाको उद्घाटन गरेका थिए । भेलामा आदिवासी जनजाती महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा लगायत नेकपा एमाले काठमाडौंका नेता तथा उल्लेख्य संख्यामा आदिवासी जनजाती महासंघका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

स्काई जोन पार्टी प्यालेस धुम्बाराही मा भएको भेलाले नवराज लामाको अध्यक्षतामा नयाँ कमिटि निर्वाचित गरेको  हो । निर्वाचित पदाधिकारीहरुमा महेश्वर श्रेष्ठ उपाध्यक्ष, नविन श्रेष्ठ उपाध्यक्ष, कृता राई उपाध्यक्ष, जयराम श्रेष्ठ सचिव, सन्दिप सुनवार उप सचिव, सञ्जयमान महर्जन उपसचिव, मञ्जु लामा कोषाध्यक्ष, साङमो लामा कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

नव निर्वाचित काठमाडौं जिल्ला अध्यक्ष लामा गोकर्णेश्वर नगरपालिका ६ का वडा सदस्य हुन् ।