आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

धनुषाको सबैलामा मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु

गोकर्णेश्वर खबर१५ चैत्र २०७८, मंगलवार ०८:०० मा प्रकाशित (२ साल अघि) ३८५ पाठक संख्या

१५ चैत, काठमाडौं । धनुषाको सबैलामा गएराति भएको मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका–१२ बरकुर्वामा ज६प ६७३९ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी सबैला नगरपालिका–२ निवासी १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर भएका घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पु¥याए पनि चार जनाको मृत्यु भएको छ ।

सोही दुर्घटनामा सबैला–२ निवासी १९ वर्षीय सुरेन्द्र यादव पनि घाइते भएको र उहाँको प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।