आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

गोकर्णेश्वर खबर११ चैत्र २०७८, शुक्रबार ०६:५४ मा प्रकाशित (२ साल अघि) ५२२ पाठक संख्या

११ चैत, काठमाडौं । अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार जिल्ला अदालत, तनहुँले आदेश दिएको छ ।

न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

अदालतले पल पीडितले दिएको घटना विवरण कागज, पीडितको शारीरिक जाँच परीक्षण रिपोर्ट, घटना भएको दिन गत वैशाख १४ गते राति १२ बजेतिर पीडितको कोठामा प्रवेश गरेको हुँ भनी पल शाहले दिएको वयानलगायतलाई आधार मान्दा शाहले पीडितलाई जबर्जस्ती करणी गरेको देखिन आएको उल्लेख गरेको छ ।

‘‘ तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहले वर्ष १५ कि परिवर्तित नाम ०७८÷०७९ ब्यास–१२ लाई ललाई फकाई विवाह गर्छु भनी प्रलोभन देखाई जबर्जस्ती करणी गरेको देखिन आएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई निज प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को उपदफा (१) को खण्ड (ख) बमोजिम थुनामा राखी पुर्पक्ष गर्ने गरी रीतपूर्वक थुनुवा पूर्जी दिई कारागार कार्यालय, दमौली तनहुँमा पठाइदिनू’ आदेशमा भनिएको छ ।