आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

शान्ताज ब्युटि सलोन एण्ड एकेडेमी दक्ष जनशक्ति उत्पादन गर्न प्रतिबद्ध छ : निर्देशक थापा

गोकर्णेश्वर खबर९ चैत्र २०७८, बुधबार ०८:५२ मा प्रकाशित (२ साल अघि) १०१३ पाठक संख्या

९ चैत, काठमाडौं । शान्ताज ब्युटि सलोन एण्ड एकेडेमी दक्ष जनशक्ति उत्पादन गर्न प्रतिबद्ध रहेको निर्देशक शान्ता थापाले बताएकी छिन् । एकेडेमीमा ब्युटि ट्रेनिङ लिएका विद्यार्थीहरुलाई सर्टिफिकेट वितरणका क्रममा निर्देशक थापाले सो कुरा बताएकी हुन् ।

सोमबार एक कार्यक्रम आयोजना गरि एकेडेमीले २०९ जना विद्यार्थीलाई तालिम पुरा भएकोमा सम्मान सहित सर्टिफिकेट वितरण गरेको थियो । कार्यक्रम एकेडेमीको मुख्य कार्यालय बौद्धमा आयोजना गरिएको थियो ।

सीपमूलक ब्युटि ट्रेनिङ मार्फत नेपालमा बेरोजकारी कम गर्न एकेडेमीले दक्ष जनशक्ति उत्पादनमा ध्यान दिएको थापाले बताइन् । नेपालमा ब्युटि पार्लर लगायतको व्यवसाय बढीरहेकोले दक्ष जनशक्तिले देशमै काम गर्न सक्ने र अन्तराष्टिय स्तरमा पनि रोजगार पाउने भएकोले दक्ष जनशक्ति उत्पादन गर्न भोकेसनल ट्रेनिङलाई विशेष प्राथमिकता दिएर सञ्चालन गरेको थापाले बताईन् ।

निर्देशक थापाका अनुसार एकेडेमीको शाखाहरु नेपालमा ६ वटा छ भने अमेरिका र भारतमा पनि शाखा सञ्चालनमा रहेको छ ।