आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

पार्टीबाट चोइटिएर जानेहरु राजनीतिक रुपमा धेरै कमजोर : ओली

गोकर्णेश्वर खबर६ चैत्र २०७८, आईतवार २०:४२ मा प्रकाशित (२ साल अघि) ३३८ पाठक संख्या

६ चैत, काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट चोइटिएर जानेहरु राजनीतिक रुपमा धेरै कमजोर हुने बताएका छन् । इलामको सूर्योदय नगरपालिकामा आइतबार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले एमाले फुटेको नभएर केही व्यक्ति चोइटिएर गएको दाबी गर्दै चोईटिएर जानेहरुको अवस्था आगामी चुनावमा देखिने बताए ।

पूर्वप्रधानमन्त्री तथा नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पुगेर अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले सूर्योदयको जिल्लाबाट पार्टीको अभियान थालिएको बताउदै एमाले कमजोर नभएको उल्लेख गरे ।

अर्को प्रसंगमा उनले सत्ता गठबन्धन दलले निर्वाचन आयोगलाई दुरुपयोग गरेर मतपत्रको रङ परिवर्तन गरेको आरोप लगाउँदै गठबन्धनको दबाबमा परेर आयोगले रातो मतपत्रलाई हरियो बनाएको आरोप समेत लगाए ।