आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

वागमतीका स्वास्थ्य मन्त्री नीमा लामा कांग्रेसको प्रदेश कार्यसमिति सदस्यमा मनोनीत

गोकर्णेश्वर खबर६ चैत्र २०७८, आईतवार १८:१६ मा प्रकाशित (२ साल अघि) ८१४ पाठक संख्या

६ चैत, काठमाडौं । वागमति प्रदेशका स्वास्थ्य मन्त्री नीमा लामा नेपाली कांग्रेस वागमती प्रदेश कार्यसमिति सदस्यमा मनोनित भएका छन् । लामालाई कांग्रेस वागमतीका सभापति इन्द्रबहादुर बानियाले विधानको धारा १३ (६) झ बमोजिम आज १६ जना सदस्य मनोनीत गरेका हुन् ।

आज १६ जना सदस्य मनोनीत गरिएको बागमती प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लामा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् ।

आज मनोनित हुने १६ जना सदस्यहरुमा निमा लामा सिन्धुपाल्चोक, कृष्णलाल भँडेल भक्तपुर, सन्तबहादुर प्रजा मकवानपुर, प्रभात तामाङ रसुवा, कल्पना नेपाली नुवाकोट, तिलकप्रसाद रुवाली धादिङ, छिरिङ दोर्जे लामा काठमाडौं, अर्जुन न्यौपाने नुवाकोट, कैलाश कोइराला चितवन, राजु खरेल काठमाडौं, गौरी दवाडी काठमाडौं, रमेशकुमार बखती ललितपुर, हरिहर अधिकारी काठमाडौ, राजेश महर्जन ललितपुर, प्रभुराम श्रेष्ठ दोलखा र भगवतीकुमारी खड्का काठमाडौं रहेका छन् ।