आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

विदेशीको इशारामा हिन्दु राष्ट्र हटाए : पूर्व आइजीपी खरेल

गोकर्णेश्वर खबर५ चैत्र २०७८, शनिबार २२:२३ मा प्रकाशित (२ साल अघि) १८९ पाठक संख्या

काठमाडौं, ५ चैत्र। पूर्व प्रहरी महानीरिक्षक अच्युतकृष्ण खरेलले विदेशीको इसारामा प्रलोभनमा परेर नेपालका राजनीति नेतृत्वले हिन्दु राष्ट्र हटाएको आरोप लगाएका छन् । शनिबार हिन्दु राष्ट्र जागरण अभियानले आयोजना गरेको प्रबुद्व नागरिक गोष्ठी तथा साहित्य विमोचन कार्यक्रममा बोल्दै खरेलले देशमा हिन्द राष्ट्र पुनःस्थापना अनिवार्य भएको बताए ।

उनले विदेशीको इशारामा प्रलोभनमा परी राजनीतिक नेतृत्वमा पुगेकाहरुले हिन्दु राष्ट्र हटाए, पूर्वआइजीपी खरेलले भने । उनले सँसारमा धर्मसापेक्ष राष्ट्रहरु भएको उल्लेख गर्दै राज्यको धर्म हुँदैन भन्नेहरुले भ्रम छरिरहेको बताए । यो संसारमा सबैको धर्म रहेको उल्लेख गर्दै भने, ‘जसरी पानिको आफ्नो धर्म छ, खुर्सानी पिरो हुने धर्म छ, आगोको पोल्ने धर्म छ , बोटविरूको पनि धर्म हुन्छ त्यसैगरी मान्छे र राष्ट्रको धर्म हुनु पर्छ ।’

नेपालमा धर्ममाथि प्रहार गर्ने षड्यन्त्रका साथ धर्मनीरपेक्षको विषय थोपिएको तर्क गरे । उनले प्रश्न गरे, ‘कसले भनेको राष्ट्रको धर्म हुदैन ?’ नेपालका राजनीतिक गर्ने पण्डितहरूलाई खुल्ला रूपमा धर्मको बारेमा सिकाउनु र पढाउनुपर्ने कुरामा जोड दिए । खरेलले एसियाका कयौं देशको परापुर्वकालमा हिन्दु देश भएकोले धर्मलाई अतिक्रमण गरेर ती देशहरू एउटा टापु र नाम मात्रको देश रहेको बताए ।

देश र भुगोल हाम्रो हातबाट गयो भने त्यसलाई फिर्ता ल्याउन सकिने तर धर्म र संस्कृति गुम्यो भने त्यसलाई फिर्ता ल्याउन नसकिन भएकोले हामी सबै सचेत भएर धर्म संस्कृतिको संरक्षण र जागरणमा लाग्नु पर्ने बताए । उनले अरूको धर्म जतिनै राम्रो भए पनि आफ्नो धर्म छाडनु नहुने र धर्म छाडेमा भयावह अवस्था हुने बताए ।

राजनीतिक नेतृत्वले लोभ र प्रलोभनमा परी विदेशीको आडमा, इसारामा देशको धर्म बेचेको भन्दै त्यसको निन्दा गर्दै एक मात्र हिन्दु राष्ट्र नेपाल हटाएकोमा आपत्ती जनाए । नेपाली सेनाका पूर्व उपरथी नरबहादुर कँडेलले नेपालललाई विश्वका हिन्दुहरूले पवित्र तीर्थस्थलको रूपमा हेर्ने हुँदा धार्मिक पर्यटनको विकास गर्दै पुन: हिन्दु राष्ट्र घोषणा आवश्यक रहेको बताए ।

नेपाल प्रहरीका पूर्व एआइजी कल्याण कुमार तिमिल्सिनाले हिन्दु राष्ट्र जागरण अभियानको बारेमा बताउदै नेपालीको संस्कृति र हिन्दुत्वको स्वभिमानि भाव जगाउन यो अभियान सुरू गरेको बताए । डा वासुदेव कृष्ण शास्त्रीको सभापतित्व भएको कार्यक्रममा विश्लेषक देवेश झाको समेत उपस्थिति रहेको थियोे ।

नागरिक गोष्ठीमा जागरण अभियानको लागि प्रकाशित पुस्तक, स्टिकर तथा फोल्डरको पुर्ण परिचयको साथै विमोचन पनि गरिएको छ । राष्ट्रिय सभागृहमा सुसम्पन्न भएको प्रबुद्ध नागरिक गोष्ठी कार्यक्रममा ६ सय न्दा बढी समाजका प्रबुद्ध व्यत्तिहरूको उपस्थिति रहेको थियोे ।

पूर्व प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले धर्मनीरपेक्षताका कारण नेपालीको सभ्यता नै संकटमा परेको भन्दै हिन्दु राष्ट्र अपरिहार्य भएको बताएका छन् । उनले सभ्यता, संस्कृति र परम्परा नै संकटमा परेको बताएका हुन् ।