आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

हिसानको काठमाडौ जिल्ला कार्यसमितिमा कृष्ण गौतम निर्वाचित 

गोकर्णेश्वर खबर५ चैत्र २०७८, शनिबार २१:३८ मा प्रकाशित (२ साल अघि) ५१३ पाठक संख्या

५ फागुन, काठमाडौं । भेनस नेशनल कलेजका क्याम्पस चिफ कृष्ण गौतम उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ नेपाल हिसानको काठमाडौ जिल्ला कार्यसमितिमा निर्वाचित भएका छन् । आज सम्पन्न हिसानको पाँचौ अधिबेशनबाट गौतम कार्यसमितिमा निर्वाचित भएका हुन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ बेशिगाउँमा रहेको भेनस नेशनल कलेजका क्याम्पस चिफ कृष्ण गौतमले उच्च शिक्षालय तथा माध्यमिक बिद्यालयहरुको शैक्षिक स्तरवृद्धि तथा शैक्षिक गुणस्तरको विषयलाई अगाडी बढाउन आफूले पहल गर्ने गोकर्णेश्वर खबरलाई बताए ।