आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

कांग्रेसले चैत ११ गते बोलायो केन्द्रीय समिति बैठक

गोकर्णेश्वर खबर४ चैत्र २०७८, शुक्रबार १९:२५ मा प्रकाशित (२ साल अघि) ५९७ पाठक संख्या

४ चैत, काठमाडौं । नेपाली कांग्रेसले चैत ११ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी चैत ११ गते दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्यलाई बोलाएका छन् ।
बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं घर(घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायतका विषयमा छलफल हुने बताइएको छ ।