आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

होली खेल्ने क्रममा काठमाडौंमा छतबाट खस्दा एक जना किशोरी गम्भीर घाइते

गोकर्णेश्वर खबर३ चैत्र २०७८, बिहीबार २०:१२ मा प्रकाशित (२ साल अघि) ४६० पाठक संख्या

३ चैत, काठमाडौं । होली खेल्ने क्रममा काठमाडौंमा साढे दुई तलाको घरबाट खस्दा एक जना किशोरी गम्भीर घाइते भएकी छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार दक्षिणढोकास्थित एक घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी हुन् ।

प्रहरीका अनुसार कक्षा ११ मा अध्ययरत चौलागाईं र उनका दाइ बौद्धमा डेरा गरी बस्दै आएका थिए । उनी बिहीबार होली खेल्न आफन्तकोमा गएकी थिइन् ।