आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

सुन्तखानमा दोश्रो वडा अध्यक्ष दौड प्रतियोगिता चैत १२ गते हुने

गोकर्णेश्वर खबर३ चैत्र २०७८, बिहीबार ०८:४१ मा प्रकाशित (२ साल अघि) ७८७ पाठक संख्या

३ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा न ३ बालुवा सुन्ताखानमा दोश्रो वडा अध्यक्ष दौड प्रतियोगिता चैत १२ गते हुने भएको छ ।

सुन्तखान युवा क्लबले आयोजना गरेको दौड प्रतियोगिता बालुवा सुन्ताखानमा हुने आयोजकले बताएका छन् ।

दौड प्रतियोगितामा प्रथम, दोश्रो, तेस्रो, चौथो र पाँचौं हुने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार, ३ हजार र २ हजार सहित कप मेडल र सम्मान पत्र प्रदान पाउने छन् ।

खेलको लागि फारम एनएस स्टेसनरी महांकालमा पाइने क्लबका अध्यक्ष हरिबोल विष्टले बताए । दौड वडाको आन्तरिक प्रतियोगिता भएकोले वडावासीले मात्र भाग लिन पाउने छन् ।