आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

वीरगञ्जका मेयर विजयकुमार सरावगी नेकपा एमाले पार्टीमा प्रवेश

गोकर्णेश्वर खबर२९ फाल्गुन २०७८, आईतवार ०७:२८ मा प्रकाशित (२ साल अघि) ३४९ पाठक संख्या

२९ फागुन, काठमाडौं । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) विजयकुमार सरावगी नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । अहिलेको जनता समाजवादी पार्टी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर सरावगी अहिले केन्द्रीय सदस्य समेत रहेका थिए ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मेयर सरावगीलाई फूलमाला लगाएर पार्टी प्रवेश गराएका थिए । नेशनल मेडिकल कलेजका सञ्चालक जैनुदीन अन्सारीको छोरीको विवाहमा सहभागी हुन् वीरगञ्ज आउनुभएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नगरप्रमुख विजयकुमार सरावगीसँगै वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मनोज कलवार, वडा नम्बर १४ का वडा अध्यक्ष भरत कुर्मी, वडा नम्बर २५ का वडा अध्यक्ष अवध किशोर कुशवाह, माओवादी केन्द्रका नेता बाबुराम कौशिक लगायतलाई फूलमाला पहिर्याई टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

जसपाभित्रका केही नेता र कार्यकर्ताहरुले आफूलाई अफ्ठ्यारोमा पारेको भन्दै पार्टीको बैठकहरुमा समेत पार्टी परित्याग गर्दै आएका वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सरावगी शनिबार आधिकारिक रुपमा नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

जसपा त्यागेर सुरुमा नेपाली काँग्रेस पार्टीमा प्रवेश गर्ने चर्चा चले पनि नेताहरुसँग कुरा नमिलेपछि उहाँ एमाले प्रवेश गरेका बताईन्छ ।