आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

प्रतिनिधिसभा बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

गोकर्णेश्वर खबर२२ फाल्गुन २०७८, आईतवार ०९:०० मा प्रकाशित (२ साल अघि) १०९ पाठक संख्या

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसो बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकका सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।
संसद बैठक अघि सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
प्रमुख प्रतिपक्ष एमालेले गत २३ भदौदेखि लगातार संसद् अवरोध गर्दै आएको छ ।