आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

रुस विरुद्ध विश्वभर प्रदर्शन, रुसभित्रै पनि प्रदर्शन

गोकर्णेश्वर खबर२२ फाल्गुन २०७८, आईतवार ०८:३२ मा प्रकाशित (२ साल अघि) २२० पाठक संख्या

२२ फागुन, काठमाडौं । विश्वभर युक्रेनमा रुसले गरेको आक्रमणको विरुद्धमा हजारौंले प्रदर्शन गरेका छन् । युद्धका कारण आम नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको र लाखौं नागरिक विस्थापित हुन बाध्य बनाएको भन्दै विश्वभरका विभिन्न सहरमा तत्काल युद्ध रोक्न माग गर्दै प्रदर्शन गरिएको छ ।

रुसलाई तत्काल युद्ध अन्त्य गर्न माग गर्दै हजारौं सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन् । थाइल्याण्ड, बेलायत, क्रोयसिया र स्वीट्जरल्यान्डमा भएका प्रदर्शनमा युद्धको अन्त्य गर, युक्रेन बचाऔ, युक्रेनका लागि प्राथना गरौं जस्ता प्लेकार्ड बोकेर हजारौंको संख्यामा सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन् ।

रुसले युक्रेन माथि गरेको युद्धको विरोधमा रुसभित्रै पनि प्रदर्शन भएको छ । रुसी स्वतन्त्र मानव अधिकार समूहको नेतृत्वमा रुसका विभिन्न सहरमा प्रदर्शन गरिएको हो । गत साता रुसले युक्रेन माथि युद्ध शुरु गरेयता युद्ध विरोधी प्रदर्शनमा सहभागी ८ हजारभन्दा बढीलाई गिरफ्तार गरिएको छ ।