आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

एमसीसी संसदबाट अनुमोदन भएकोमा प्रचण्ड खुसी

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७८, सोमबार १७:०० मा प्रकाशित (२ साल अघि) १२२ पाठक संख्या

१६ फागुन, काठमाडौं । व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुसी व्यक्त गरेका छन् । सोमबार आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरी प्रचण्डले खुसी व्यक्त गरेका हुन् ।

प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर यसअघि आफू र पार्टीले अघि सारेका प्रस्ताव र अडानहरुको बचाउ गरे । राजनीतिक दलहरु र समाज नै विभाजनमा जाँदा संविधान र लोकतन्त्रमाथि घात हुन्छ कि भन्ने लागेर सहमति जुटाउने उपाय खोजेको, तर आफूलाई नै भिलेनका रुपमा प्रस्तुत गरेको उनको गुनासो थियो ।

संसदबाट अनुमोदन गर्ने प्रवधान थप्नुका साथै तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणका क्रममा नेपाल पनि इण्डो प्यासिफिक स्ट्राटेजीमा सामेल भएको प्रचार भएपछि एमसीसी विवादमा परेको प्रचण्डले बताए ।