आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

तस्विरमा नयाँ बानेश्वरमा भएको विरोध प्रदर्शन र झडप (फोटोफिचर)

गोकर्णेश्वर खबर१५ फाल्गुन २०७८, आईतवार १६:१८ मा प्रकाशित (२ साल अघि) ५३१ पाठक संख्या

१५ फागुन, काठमाडौं । एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित प्रतिनिधिसभामा छलफल गर्ने प्रक्रिया सुरु भईरहेको अवस्थामा अहिले नयाँ बानेश्वरमा क्षेत्रमा विरोध प्रदर्शन चर्किरहेको छ ।

अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वर क्षेत्रमा झडप भएको छ । झडपका कारण नयाँ बानेश्वर क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् । केही प्रदर्शनकारी हँसियालगायत धारिलो हतियारसहित पुगेका देखिएको छ । भिड नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ ।

सत्ता गठबन्धनमा आबद्ध दलहरु संसद्बाट एमसीसी अनुमोदन गर्न सहमत भएपनि उनीहरुका कार्यकर्ताको प्रदर्शन रोकिएको छैन ।