आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

अभिनेता पल शाहद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

गोकर्णेश्वर खबर१५ फाल्गुन २०७८, आईतवार १२:४८ मा प्रकाशित (२ साल अघि) ४९७ पाठक संख्या

१५ फागुन, काठमाडौं । अभिनेता पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ ।

यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएका थिए ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका थिए ।