आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

गण्डकीलाई धार्मिक प्रदेश बनाउँछौँ : मुख्यमन्त्री पोखरेल

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७८, बिहीबार ०८:५६ मा प्रकाशित (२ साल अघि) ३९० पाठक संख्या

१२ फागुन, काठमाडौ ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक प्रदेश बनाउने गरी काम सुरु गरिएको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटकबाटै गण्डकीमा समृद्धि ल्याउन सकिने भएकाले धार्मिक प्रदेश बनाउन लागिएको बताए ।

मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटकीय क्षेत्र प्रदेशका लागि महत्वपूर्ण भएकोमा जोड दिंदै गण्डकी प्रदेश चीन र भारतसँग जोडिने भएकोले त्यहाँबाट आउने पर्यटकलाई गण्डकी प्रदेशको धार्मिक क्षेत्रमा मात्रै ल्याउन सकेको खण्डमा पनि प्रदेश समृद्ध बन्ने बताएका छन् ।

दक्षिणबाट आउने पर्यटकलाई त्रिवेणीधाम (गजेन्द्र मोक्षधाम) हुँदै दाउन्ने देवी मन्दिर, कैलाश सन्न्यास आश्रम, मौलाकालिका, देवघाटधाम हुँदै मुक्तिनाथसम्म पुग्ने गरी धार्मिक मार्ग निर्माणको काम भइरहेको पोखरेलले बताए । उनले धार्मिक पर्यटक आउँदामात्रै आर्थिक रुपमा धेरै प्रभाव नपर्ने तर उनीहरुलाई विभिन्न ठाउँमा घुमाएर पर्यटकीय वातावरण सिर्जना गरि फाईदा लिन सक्नु पर्ने बताए ।