आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

विश्वकप खेल्ने नेपालको सपना अधुरो, युएईद्धारा नेपाल पराजित

गोकर्णेश्वर खबर१० फाल्गुन २०७८, मंगलवार १९:०६ मा प्रकाशित (२ साल अघि) १६७ पाठक संख्या

१० फागुन, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनल चरणको खेल आज नेपाल युएईसँग पराजित भएको छ ।

यो सँगै नेपालको टी–२० विश्वकपमा छनोट हुन पनि असफल भएको छ। आजको खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ ।

ओमानको अल अमेरातमा युएईले दिएको १ सय ७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७ रन जोड्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए भने ज्ञानेन्द्र मल्लले २० रन जोड्दा आरिफ शेखले ११ रन बनाए। विवेक यादव ८, कुशल भुर्तेल ७, कमल ऐरी ४ र कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए ।

आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन्। युएईका अहमेद राजाले ५ तथा जुनदे सिद्द्कीले ३ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभर खेलेर ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो ।