FLASH NEWS
आज: २३ असार २०७९, बिहीबार | Thu, 07, Jul, 2022 Gokarneshwor TV HD

आज प्रतिनिधि सभाको बैठक बस्दै

गोकर्णेश्वर खबर६ फाल्गुन २०७८, शुक्रबार ०७:५५ मा प्रकाशित (४ महिना अघि) २६४ पाठक संख्या

६ फागुन, काठमाडौं । आज प्रतिनिधि सभाको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आज टेबुल गर्ने जनाएको छ । तर सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटेको छैन ।

सहमतिको प्रयासमा आज बिहान दश बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । हिजो बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो ।