आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

थप १३६९ जनामा संक्रमण पुष्टि, १२ को मृत्यु

गोकर्णेश्वर खबर२७ माघ २०७८, बिहीबार १९:५३ मा प्रकाशित (२ साल अघि) १४२ पाठक संख्या

२७ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा २२३८ जना कोरोना संक्रमणमुक्त बनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएअनुसार ११ हजार ८८० जनामा नमुना परीक्षण गर्दा १३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी बितेको २४ घण्टामा १२ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८६४ जना पुगेको छ । यसैगरी हालसम्म कुल संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७१ हजार ४७५ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३६ हजार ५११ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ९ लाख ३० हजार ६०७ जना निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमित २९ हजार ४ जना रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।