आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

२४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि

गोकर्णेश्वर खबर२४ माघ २०७८, सोमबार १९:४० मा प्रकाशित (२ साल अघि) ४०८ पाठक संख्या

२४ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३६५ जनाको नमुना परीक्षण भएको थियो ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा निको हुने संख्या भने निको हुनेभन्दा झण्डै ४ गुणा बढी रहेको जनाएको छ । अर्थात सोही अवधिमा ६ हजार १४६ जना निको भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ६७ हजार ४२७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३४ हजार ८३२ जना पुगेको छ ।

संक्रमितमध्ये ९ लाख १५ हजार ४८९ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ८२७ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ४० हजार १११ जना रहेका छन् । यसैगरी, पछिल्लो २४ घण्टामा १३ जनाले ज्यान गुमाएका छन् ।