आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

काठमाडौंमा आजदेखि कोरोनाविरुद्धको फाइजर खोप लगाइँदै

गोकर्णेश्वर खबर२४ माघ २०७८, सोमबार ०८:२८ मा प्रकाशित (२ साल अघि) १५० पाठक संख्या

२४ माघ, काठमाडौं । काठमाडौंमा सोमबारदेखि कोरोनाविरुद्धको फाइजर खोप लगाइँदैछ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार यसअघि फाइजर खोप लगाएका बालबालिकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागिएको हो । माघ २४ देखि आगामी फागुन ५ गतेसम्म फाइजर खोपको दोस्रो मात्रा खोप अभियान सञ्चालन हुन लागेको छ ।

खोपका लागि कुन विद्यालयमा कहिले खोप लगाउने टुङ्गो काठमाडौं महानगरपालिका र अन्य नगरपालिकाहरूले गर्नेछन् । काठमाडौंमा यसअघि दुई लाख सात हजार जना १२ देखि १८ वर्षसम्मका बालबालिकाहरूले खोप लगाईसकेका छन् ।

गत पुस २७ गतेदेखि सञ्चालन भएको फाइजर खोप अभियानमा खोप लगाएका १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइनेछ । यसरी खोप लगाउनका लागि पहिलो पटक लगाएका खोपको कार्ड लिएर जानुपर्नेछ ।

सङ्क्रमित घट्दै केही दिनयता नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ ।