आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

नेपालमा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु, ३,५४० जना संक्रमित

गोकर्णेश्वर खबर१६ माघ २०७८, आईतवार १७:१३ मा प्रकाशित (२ साल अघि) १५९ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा वीरेन्द्र अस्पतालमा १२ जनाको र बाँकी २० जना विभिन्‍न अस्पतालबाट मिति २०७८ माघ १३ गतेदेखि १६ गतेसम्‍मका संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार १४५ नमुना परीक्षण गर्दा तीन हजार ५४० जनाको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता कौशल मिश्रले जानकारी दिएकी हुन् ।

उनका अनुसार नौ हजार ९१० पीसीआर परीक्षण गर्दा तीन हजार ४९ जनामा र तीन हजार २३५ एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ जना छ । पछिल्लो २४ घण्टाको कूल पीपीआर परीक्षण गर्दा ३० दशमलव ८ संक्रमण दर रहेको उनले जानकारी दिइन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोना संक्रमणमुक्त हुँदा पछिल्लो चार दिनमा थप ३२ जनाको मृत्यु भएको छ । मिश्रका अनुसार १३ माघदेखि १६ माघसम्मको चारको मृत्युको संख्या थप ३२ जना प्राप्त भएको हो ।