आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना पुष्टि, १० संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर१४ माघ २०७८, शुक्रबार १७:१२ मा प्रकाशित (२ साल अघि) ५५० पाठक संख्या

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ छ । यो अवधिमा एकै दिन १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ भने ८ लाख ४२ हजार ४३६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले हाल देशभरमा ८९ हजार ९४१ सक्रिय संक्रमित रहेको जनाएको छ । जसमध्ये ८८ हजार ८४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५६ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २३९ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा थप २ हजार ९४० संक्रमित

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २,१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना संक्रमण देखिएको सरकारी तथ्यांकमा उल्लेख छ ।