आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

देशभरमा थप पाँच हजार ८१६ जना सङ्क्रमित, उपत्यकामा ३१ सय संक्रमित थपिए

गोकर्णेश्वर खबर१३ माघ २०७८, बिहीबार २०:२१ मा प्रकाशित (२ साल अघि) ३८२ पाठक संख्या

१३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा पाँच हजार ८१६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १५ हजार ७३६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ८१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, काठमाडौं उपत्यकाका ३ जिल्लामा पछिल्लो २४ घण्टामा ३१ सय संक्रमित थपिएका छन् । काठमाडौं उपत्यका सहित देशभरमा ८ हजार भन्दा धेरै संक्रमित भएका छन् ।

देशभरका छ हजार ७२ जनामा एन्टिजेन परीक्षण गरिएकोमा दुई हजार २०१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार २९२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ८९.१ प्रतिशत रहेको जनाएको छ ।

सोही अवधिमा १५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६८७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, देशभरमा हालसम्म ९० हजार ५७६ जना सक्रिय सङ्क्रमित छन् । साथै पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

काठमाडौं उपत्यकामा तीन हजार १३१ जनामा कोरोना संक्रमण पुष्टि 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४ सय २, ललितपुरमा ५२१ र भक्तपुरमा २२० संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार उपत्यकामा मात्र ५४ हजार सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा ३८ हजार ८५९, ललितपुरमा १० हजार ३९० र भक्तपुरमा ५ हजार ६१४ गरेर ५४ हजार ८६३ जना सक्रिय संक्रमित रहेका छन् ।

उपत्यकामा अहिलेसम्म तीन हजार चार सय बढीको कोरोनाले मृत्यु भएको छ । काठमाडौंमा २२ सय ५५, ललितपुरमा ७१६ र भक्तपुरमा ४४२ गरेर अहिलेसम्म तीन हजार ४१३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामा कुल संक्रमितको संख्या चार लाख ७ हजार ९८३ पुग्दा तीन लाख ४९ हजार ७०७ जनाले कोरोना जितेका छन् ।