आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

काठमाडौँ उपत्यकामा एकैदिन थपिए ६,८९१ संक्रमित

गोकर्णेश्वर खबर६ माघ २०७८, बिहीबार १७:५७ मा प्रकाशित (२ साल अघि) ३३२ पाठक संख्या

६ माघ,  काठमाडौं उपत्यकामा बिहीबार एकै दिन ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५,००१, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा कोरोना संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड -१९ )को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।