आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा बस्दै

गोकर्णेश्वर खबर६ माघ २०७८, बिहीबार १०:२२ मा प्रकाशित (२ साल अघि) ३४४ पाठक संख्या

काठमाडौं । सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक आज बस्ने भएको छ।

संयोजक रामचन्द्र पौडेलसहित सत्तागठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरू बैठकमा सहभागी हुनेछन्।

आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो।

दुई दिनअगाडि पनि राजनीतिक समन्वय समितिको बैठक बसेको थियो। उक्त बैठकमा समयमै स्थानीय तह निर्वाचन गर्नेबारे सहमति भएको थियो।

चुनावको मिति तय गर्नेबारे छलफल गर्न आज पनि बैठक बस्न लागेको स्रोतले जनाएको छ। स्थानीय तह वा संघीय कुन चुनाव वैशाखमा गर्ने भन्ने निर्णय भइसकेको छैन।

स्थानीय तह निर्वाचन ऐनअनुसार स्थानीय तह निर्वाचन पहिले गर्नुपर्ने हुन्छ।

सत्तागठबन्धनले गठन गरेको समन्वय समितिमा पाँच दलका दुईरदुई जना गरी १० र एक मन्त्रीसहित ११ सदस्य छन्। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि बस्ने गरेका छन्।

निर्वाचन आयोगले वैशाखमा स्थानीय तह निर्वाचन गर्न सिफारिस गरेको छ। तर सरकारले अहिलेसम्म मिति घोषणा गरेको छैन।