आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोनामुक्त

गोकर्णेश्वर खबर३ माघ २०७८, सोमबार ०९:१३ मा प्रकाशित (२ साल अघि) १६३ पाठक संख्या

माघ ३, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कोभिड– १९ रिपोर्ट नेगेटिभ आएको छ । अध्यक्ष प्रचण्डको आइतबार बिहान पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

प्रचण्डलाई पुस २३ गते पीसीआर परीक्षण गरेपछि कोभिड–१९ संक्रमण भएको पुष्टि भएको थियो । अध्यक्ष प्रचण्ड स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ लिइरहेका थिए ।