आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

पूर्व डिस्ट्रिक गर्भनर कुमारराज सुवेदीको संयोजनमा बालबालिकालाई ज्याकेट वितरण

गोकर्णेश्वर खबर३० पुष २०७८, शुक्रबार २१:०४ मा प्रकाशित (२ साल अघि) ३२७ पाठक संख्या

३० पुष, काठमाडौं । लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ का पूर्व गर्भनर तथा समाजसेवी कुमारराज सुवेदीको संयोजनमा बालबालिकाहरुलाई ज्याकेट वितरण गरिएको छ ।

बिहिबार जोरपाटी लायन्स एकेडेमीमा १४८ जना र शुक्रबार चक्र स्मृति पाठशालामा अध्ययनरत ४९ जना बालबालिकाहरुलाई ज्याकेट वितरण गरिएको हो ।

देवेनरा मून्दडा परिवार तथा लायन्स क्लब अफ विराटनगर ग्रिनसिटि संस्थापक अध्यक्ष सहयोग अभियानबाट बालबालिकाहरुलाई सहयोग प्राप्त भई ज्याकेट वितरण गरिएको संयोजक सुवेदीले गोकर्णेश्वर खबरलाई बताए ।

१४३ औं मेल्भिन जोन्स डे को अवसरमा बिहिबार जोरपाटी लायन्स एकेडेमीमा लायन्स क्लब अफ काठमाडौं जोरपाटी, जोरपाटी लियो क्लब र लियो क्लब अफ जोरपाटी हेल्पिङ ह्याण्ड्सको आयोजनामा ज्याकेट वितरण गरिएको थियो । वितरण कार्यक्रममा स्थानीय समाजसेवी तथा लायन्स लिडरहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरी, चक्र स्मृति पाठशाला, बेशीगाउँ, जोरपाटीमा ज्याकेट वितरण कार्यक्रममा समाजसेवी दिपकसिंह भण्डारी, समाजसेवी कुमार बराल स्थानीय समाजसेवी एवम् लायन्सहरुको उपस्थिती रहेको थियो ।