आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

काठमाडौं कोरोनाको हटस्पट : एकै दिन उपत्यकाका मात्रै १९ सय १६ जना संक्रमित

गोकर्णेश्वर खबर३० पुष २०७८, शुक्रबार ०८:०६ मा प्रकाशित (२ साल अघि) १९० पाठक संख्या

३० पुष, काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरसको हटस्पट बनेको छ । बिहीबार एकैदिन १९ सय १६ संक्रमित थपिएका छन् । देशभर ३५ सय ५३ संक्रमित थपिँदा उपत्यकाका मात्रै १९ सय १६ जना हुन् ।

थपिएकामा काठमाडौंका १ हजार ४४९, ललितपुरका ३१७ तथा भक्तपुरका १५० जना हुन् । देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेकामा उपत्यकाका मात्र ८ हजार ३९६ जना छन् ।

जसमा काठमाडौंमा ५ हजार ८४२, ललितपुरमा १ हजार ५९१ तथा भक्तपुरमा ९६३ जना हुन् ।

काठमाडौंमा कोरोना संक्रमितहर धेरै भेटिए पछि लकडाउन गर्ने सम्मका विकल्पहरुमा छलफल भईरहे पनि तत्काल लकडाउनको पक्षमा सरकार नरहेको समाचार आएका छन् ।