आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कोरोना नियन्त्रणमा सरकारले सबै संयन्त्र परिचालन गरेको मन्त्री कार्कीको दावी

गोकर्णेश्वर खबर२९ पुष २०७८, बिहीबार १४:५७ मा प्रकाशित (२ साल अघि) १०९ पाठक संख्या

२९ पुष, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना संक्रमण नियन्त्रणमा सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको बताएका छन् । केही दिनयता कोरोना सङ्क्रमण दर बढेको भन्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् सो जानकारी गराए ।

मन्त्री कार्कीले पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमणको दर निकै बढेको भन्दै फेसबुकमा लेखेका छन् ‘कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ ।’

नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको र खोप अभियानलाई तीव्र बनाइएको भन्दै उनले ‘नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । सञ्चारमन्त्री कार्कीले आम नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध समेत गरेका छन् ।