आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

काठमाडौँ उपत्यकामा ४८ वटा पार्क बन्दै

गोकर्णेश्वर खबर२९ पुष २०७८, बिहीबार ०९:१६ मा प्रकाशित (२ साल अघि) ६०९ पाठक संख्या

२९ पुष, काठमाडौं । काठमाडौँ उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको हो ।

काठमाडौँ जिल्लामा एक करोड रुपियाँको लागतमा सातवटा, ललितपुर र भक्तपुर जिल्लामा चार÷चारवटा पार्क निर्माण गर्न लागिएको जानकारी दिँदै पार्क निर्माणका लागि कम्पनी छनोटको कार्य एक महिनाभित्र सम्पन्न हुने छ ।

उपत्यका विकास प्राधिकरणको योजना महाशाखा प्रमुख सौरभ ढकालका अनुसार ५० लाख रुपियाँभन्दा कमको लागतमा काठमाडौँमा १९ वटा, ललितपुरमा छवटा र भक्तपुरमा आठवटा पार्क निर्माण गरिनेछ ।

योजना महाशाखा प्रमुख ढकालले काठमाडौँको लैनचौरमा शहीद पार्क, बूूढानीलकण्ठमा गिरिजाप्रसाद पार्क र आमनगर पार्क, शङ्खरापुर–८ मा शान्ति पार्क, कीर्तिपुर–२ मा बालबालिका पार्क र चम्पादेवी पार्क तथा कागेश्वरी मनहरा–७ को कागेश्वरी मन्दिर क्षेत्रमा पार्क निर्माण गर्न लागिएको हो ।