आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

आज थप ३०७५ मा कोरोना संक्रमण पुष्टि,काठमाडौं उपत्यकामा १५३८ जना

गोकर्णेश्वर खबर२८ पुष २०७८, बुधबार १९:०७ मा प्रकाशित (२ साल अघि) २३९ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । त्यस्तै २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ११६८, ललितपुरमा २३६, मोरङमा १५४, भक्तपुरमा १३४, चितवनमा ८०, कास्कीमा ७९, रुपन्देहीमा ७१, मकवानपुरमा ४४, झापामा ४१, धनुषामा ३७, सुनसरीमा ३० जनामा संक्रमण पुष्टि भएको छ ।