आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

प्राज्ञिक विद्यार्थी परिषद्ले राष्ट्रव्यापी रुपमा पृथ्वी जयन्ती मनायो

गोकर्णेश्वर खबर२७ पुष २०७८, मंगलवार २०:०० मा प्रकाशित (२ साल अघि) ३५३ पाठक संख्या

२७ पुष, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्र व्यापी रूपमा राष्ट्रिय एकता एवम् पृथ्वी जयन्ती मनाएकाे छ । पाैष २७ गते पृथ्वी जयन्तीकाे अवसरमा विद्यार्थी परिषद्ले देशकाे ५० वटा भन्दा बढी नगर इकाईहरूमा विविध कार्यक्रमहरू गरेर एकता दिवस तथा पृथ्वी जयन्ती उत्सव मनाएकाे हाे ।

स्थापना काल देखिनै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसकाे रूपमा मनाउनदै आएकाे विद्यार्थी परिषद्ले पृथ्वीनारायण शाहाले नेपाल राष्ट्रलाई एकीकरण गर्न पुर्याएकाे याेगदान, उनकाे दिव्य उपदेशहरूलाई स्कुल कलेज, विश्वविद्यालय र समाजका नागरिकहरूलाई जनचेतना र जागरण गर्दै आईरहेकाे छ ।

विद्यार्थी परिषद्ले आज पुर्वकाे झापा देखि सुदुरपश्चिमकाे अछाम सम्मका नगर समितिहरूले दीप प्रज्वलन, फलफुल वितरण, दिव्य उपदेश वाचान तथा प्रवचन, पृथ्वीनारायण शाहाकाे तस्विरमा र्याली सहितकाे माल्यअपर्ण, साेभा यात्रा, टाेपिवितरण, अनाथ र दृष्टिविहिनहरूलाई कपडा वितरण लगायत दुई दर्जन भन्दा बढि कार्यक्रमहरू गरि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएकाे छ ।

विद्यार्थी परिषद्ले आजकाे दिनलाई एक राष्ट्रिय उत्सवकाे रूपमा मनाएकाे र देशका सम्पूर्ण नागरिकहरूले पनि आजका दिनलाई एक विजयकाे पर्वकाे रूपमा मनाई रहेकाे विद्यार्थी परिषद्ले जनाएको छ । साथै परिषद्ले पाैष २७ गतेलाई सरकारले पनि एक उत्सवकाे रूपमा देशभर मनाउनु पर्ने विषय माग गर्दै आईरहेकाे छ ।