आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

एमालेको काठमाडौं अध्यक्ष दिपक निरौला, गोकर्णेश्वरबाट को-को परे जिल्ला कमिटिमा ?

गोकर्णेश्वर खबर२६ पुष २०७८, सोमबार १०:२४ मा प्रकाशित (२ साल अघि) ५०७ पाठक संख्या

२६ पुष, काठमाडौं । नेकपा एमालेले काठमाडौं जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । शुक्रबार उद्घाटन भएको काठमाडौं जिल्ला अधिवेशन अन्तर्गत जारी बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको हो ।

काठमाडौं एमाले अध्यक्षमा दिपक निरौला चयन भएका छन् भनें उपाध्यक्षमा नवराज पराजुली, सचिवमा राजेश शाक्य, उप-सचिव द्वयमा विन्दु महर्जन र तेज प्रसाद ढकाल चयन भएका छन् ।

यसैगरी, नेकपा (एमाले) छैटौ काठमाडौ जिल्ला अधिवेशनबाट चन्द्रमान लामा जिल्ला सदस्यमा निर्वाचित भएका छन् ।

गोकर्णेश्वरबाट को-को परे काठमाडौं जिल्ला कमिटिमा ? 

यसैगरी, नेकपा (एमाले) काठमाडौ जिल्लाको छैटौ जिल्ला अधिवेशनबाट २२५ सदस्यीय जिल्ला कमिटिमा गोकर्णेश्वर नगरपालिका भित्रबाट सान्नानी लामा, श्रीकुमार श्रेष्ठ, पुण्य प्रसाद चौलागाईं लगायत सर्वसम्मत निर्वाचित भएका छन् ।

गोकर्णेश्वर नगरपालिका भित्रबाट सर्वसम्मत निर्वाचित हुने जिल्ला कमिटी सदस्यहरूमा केशव प्रसाद सिम्खडा, उद्घव भण्डारी, गोकुल बिष्ट, चन्द्र के.सी., श्रीकुमार श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, पुण्य प्रसाद चौलागाईं, पञ्चकृष्ण श्रेष्ठ, तारा पुडासैनी, कमल रेग्मी, सान्नानी लामा, गीता कट्टेल, तारा गौतम रहेका छन् ।