आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

आयोगले राष्ट्रियसभा निर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न दियो

गोकर्णेश्वर खबर२६ पुष २०७८, सोमबार ०८:४५ मा प्रकाशित (२ साल अघि) १७८ पाठक संख्या

२६ पुष, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ । आयोगले आइतबार विज्ञप्तीमार्फत राष्ट्रियसभा निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको जानकारी गराएको छ ।

राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसलाई रुख, नेकपा (माओवादी केन्द्र)लाई गोलाकारभित्र हँसिया हथौडा, नेकपा (एकीकृत समाजवादी)लाई कलम, जनता समाजवादी पार्टीलाई ढल्केको छाता, राष्ट्रिय जनमोर्चालाई गिलास चुनाव चिन्ह प्रदान गरिएको जनाइएको छ ।

यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उम्मेदवारका लागि सूर्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई हलो, नेपाल मजदुर किसान पार्टीलाई मादल र लोकतान्त्रिक समाजवादी पार्टीलाई साइकल चुनाव चिह्न प्रदान गरिएको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा नौ वटा राजनीति दलका उम्मेदवारले भाग लिँदै हुनुहुन्छ ।