आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

नारायणहिटीमा रेष्टुरेण्ट : तीन दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन

गोकर्णेश्वर खबर२२ पुष २०७८, बिहीबार १५:२३ मा प्रकाशित (२ साल अघि) २५० पाठक संख्या

२२ पुष, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नारायणहिटी सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई दिने निर्णयबारे छानबिन गर्न चार सदस्यीय छानविन समिति गठन गरेका छन् ।

बिहीबार मन्त्री आलेले मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेका हुन् ।

समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, लेखा नियन्त्रक सूर्यमणि गौतम, उपसचिव पुरुषोत्तम खतिवडा सदस्य र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी छन् ।

समितिलाई तीन दिनभित्र सवै डकुमेन्टहरुको अध्ययन गरी सुझाव पेश गर्न निर्देशन दिएको मन्त्री आलेको स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।