आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

चीनले पारमाणविक फ्युजनबाट बनाएको ’कृत्रिम सूर्य’ चलायो

गोकर्णेश्वर खबर२२ पुष २०७८, बिहीबार ०८:२८ मा प्रकाशित (२ साल अघि) ४१९ पाठक संख्या

२२ पुष, काठमाडौं । । चीनले यसै साता पारमाणविक फ्युजन भट्टीको सुरुवात गरेको छ । जसलाई कृत्रिम सूर्य भन्ने गरिन्छ ।

चीनको समाचार एजेन्सी सिन्ह्वाकाअनुसार वास्तविक सूर्यभन्दा पाँचगुणा तातो भट्टीलाई १७ मिनेटसम्म चलाइएको थियो । परीक्षणको बेला १७ मिनेटसम्म ७ करोड डिग्री सेल्सियससम्म तापक्रम पुगेको बताइएको छ ।

चीनले यस पारमाणविक फ्युजन रियाक्टबाट असीमित सफा ऊर्जा उत्पादन गर्ने लक्ष रहेको जनाएको छ । वास्तविक सूर्यको भौतिकशास्त्रको नक्कलमा कृत्रिम सूर्य बनाइन्छ ।

कृत्रिम सूर्यले परमाणविक न्युक्लेइलाई एकीकृत गरेर बृहत परिमाणमा ऊर्जा निकाल्ने गर्छ । कृत्रिम सूर्य चलाउन कुनै जीवाशेष इन्धनको आवश्यकता नपर्ने तथा त्यसले कुनै हानिकारक चिज नफाल्ने भएकाले पनि यसले वातावरणलाई निकै कम खतरा पु¥याउने भौतिकशास्त्रीहरूको भनाइ छ ।

विश्वमा कृत्रिम सूर्य बनाउने चीन एक मात्र मुलुक भने होइन । चीनको यसै रियाक्टर टोलीले फ्रान्सको मार्सिल्लेमा पनि काम सुरु गर्ने भएको छ । त्यसैगरी बेलायतले पनि आफ्नै परमाणविक फ्युजन पावर स्टेसन बनाउने योजना बनाएको छ ।