आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

प्रधानमन्त्री देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने

गोकर्णेश्वर खबर२१ पुष २०७८, बुधबार २०:११ मा प्रकाशित (२ साल अघि) ११६ पाठक संख्या

२१ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवा गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेका हुन् ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको हो । प्रधानमन्त्रीको भ्रमण टोली देउवासहित २५ सदस्यीय हुनेछ ।

चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता समेत गर्ने कार्यक्रम छ ।