FLASH NEWS
आज: ८ माघ २०७८, शनिबार | Sat, 22, Jan, 2022 Gokarneshwor TV HD

नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम रोक्न निर्देशन

गोकर्णेश्वर खबर२१ पुष २०७८, बुधबार ०९:१३ मा प्रकाशित (२ हफ्ता अघि) २७ पाठक संख्या

२१ पुष, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोकिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको हो ।

पत्रमा भनिएको छ ‘सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य रोक्न हुन जानकारी गराइन्छ,’ । यस विषयमा गोरखापत्र दैनिकले समाचार प्रकाशन गरेको थियो ।