आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

आज सत्ता गठबन्धनको बैठक बस्दै

गोकर्णेश्वर खबर१९ पुष २०७८, सोमबार ०८:५० मा प्रकाशित (२ साल अघि) ४३९ पाठक संख्या

पुष १९, काठमाडौं । सरकारमा प्रतिनिधित्व गर्ने गठबन्धनका राजनीतिक दलको बैठक सोमबार बिहान बालुवाटारमा बस्ने भएको छ । आसन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनमा सहभागी दलबीच कसरी जाने भन्ने विषयमा छलफल हुने बैठकको प्रमुख एजेन्डा रहेको छ ।

नेकपा माओवादीको पनि महाधिवेशन चलिरहेको र अरू दलका नेता पनि व्यस्त भएकाले आइतबार बिहान बस्ने भनेको बैठक बस्न सकेको थिएन ।

आज सोमबार बिहान बस्नेगरी सत्ता गठबन्धन दलको बैठक बोलाइएको छ । बैठकमा राष्ट्रिय सभाको निर्वाचनमा सत्ता साझेदार दलबीच कसरी उम्मेदवारी दिने भन्ने विषयले प्रवेश पाउने छ र सकभर सोमबारको राष्ट्रिय सभाको चुनावी रणनीतिको अन्तिम टुङ्गो लगाउने बालुवाटार स्रोतको भनाइ छ । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संसद् अवरुद्ध गर्दै आएको विषयले पनि बैठकमा प्रवेश पाउने भएको छ ।