आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

सातदोबाटोलाई २-० ले हराउँदै जावलाखेल तीन स्थान माथि उक्लियो

गोकर्णेश्वर खबर१३ पुष २०७८, मंगलवार ०७:५४ मा प्रकाशित (२ साल अघि) १६६ पाठक संख्या

काठमाडौं । जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ।

सोमबार दशरथ रंशगालामा भएको खेलमा जावलाखेलले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई २-० गोलले हराउँदै तीन स्थान फड्को मार्‍यो।

जावलाखेलले दुवै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ५० मिनेटमा विपिन कडेँलको गोलबाट जावलाखेलले खेलमा अग्रता लियो।

७० मिनेटमा निकोलास फर्नान्डेजले जावलाखेलको अग्रता दोब्बर पारे।

जितसँगै जावलाखेल ६ खेलबाट ७ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ। यता सातदोबाटो भने ८ अंकसहित पाँचौ स्थानमा छ।

यो खेलसँगै लिगको छैटौं चरणका खेल सकिएका छन्।

छैटौं चरणसम्म साविक विजेता मछिन्द्र फुटबल क्लब १४ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको १३ अंक छ भने संकटा क्लब १२ अंक जोडेर तेस्रो स्थानमा छ।

चौथो स्थानको त्रिभुवन आर्मी क्लबको १० अंक छ।