आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

निजी अस्पतालले पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्न पाउने

गोकर्णेश्वर खबर१३ पुष २०७८, मंगलवार ०७:३३ मा प्रकाशित (२ साल अघि) ३६८ पाठक संख्या

काठमाडौं । मेडिकल कलेज तथा निजी अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्न पाउने भएका छन् । यसअघि सरकारले सरकारी अस्पतालहरुमा मात्रै खोप केन्द्र तोकेर नागरिकलाई खोप दिँदै आएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सबै मेडिकल कलेजहरु र ५० बेडभन्दा बढी क्षमताका निजी अस्पतालहरुलाई खोप केन्द्र सञ्चालन गर्न चाहेमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी खोप केन्द्र सञ्चालन गर्न सकिने बताएको हो ।

सरकारको नियमभित्र रही खोपको उपलब्धताको आधारमा विहान ९ बजेदेखि बेलुका ४ बजेसम्म १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप दिन सकिने विज्ञप्तिमा उल्लेख छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले उच्च प्राथमिकता दिँदै खोप अभियान सञ्चालन गरिरहेको भन्दै मेडिकल कलेज तथा निजी अस्पताहरुलाई मन्त्रालयले आह्वान गरेको हो ।

हेर्नुहोस् विज्ञप्तिः