आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

नेपालमा इन्टरनेट बेच्ने कम्पनी थपिए, सुविधाको स्तर बढ्न थाल्यो

गोकर्णेश्वर खबर७ पुष २०७८, बुधबार १०:५० मा प्रकाशित (२ साल अघि) ४४९ पाठक संख्या

७ पुस, काठमाडौं । नेपालमा इन्टरनेट बेच्ने कम्पनी थपिएसँगै सुविधाको स्तर पनि बढ्न थालेको छ । केही समय अघिसम्म अघिसम्म ३० मेगाबिट्स पर सेकेन्ड (एमबीपीएस) ब्याण्डविथ इन्टरनेटलाई मासिक १७८१ रुपैयाँ तिर्नुपथ्यो । यस्तै, प्रमुख इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले मासिक ३० एमबीपीएसभन्दा कम गतिको इन्टरनेट प्याकेज नै उपलब्ध नभएको बताउने गरेका थिए । तर अहिले इन्टरनेट बेच्ने कम्पनी थपिएका छन् र उपभोक्ताले पाउने सुविधाको स्तर पनि बढ्न थालेको छ ।

अहिले नेपालको इन्टरनेट बजारमा वल्र्डलिंक, भायानेट, सुबिसु र क्लासिक टेकका साथै पछिल्लो समय सीजी नेट र फाइबरनेट रहेका छन् ।
नेपालको इन्टरनेट बजारमा नयाँ कम्पनीले पाइला राखेसँगै पुराना कम्पनीले उपभोक्तामाथि गर्दै आएको मनोमानी हट्न थालेको हो । पछिल्लो समय इन्टरनेट बजारमा चौधरी समूह र डिसहोमले लगानी विस्तार गर्दैछ । नयाँ कम्पनीले आफ्नो बजार विस्तार गर्न प्रचलित भन्दा सस्तो मूल्यमा इन्टरनेट उपलब्ध गराउँदै आएका छन् ।

नयाँ दुई इन्टरनेट कम्पनीले बजारमा प्रचलित मूल्यभन्दा सस्तोमै बढी स्पीड इन्टरनेट दिएर ग्राहक आकर्षित गर्ने योजना अगाडी ल्याएका छन् । नयाँ कम्पनी आएर सस्तो मूल्यमै बढी स्पीडको इन्टरनेट दिन थालेपछि पुराना कम्पनीले पनि स्पीड बढाउन थालेका छन् ।

केही वर्षअघिसम्म मासिक २५ एमबीपीएस इन्टरनेट लिँदै आएका उपभोक्ताको प्याकेज आफूखुसी ३० पुर्याएका कम्पनीले सस्तो मूल्यमै बढी स्पीडको इन्टरनेट दिन थालेका हुन् । यतिबेला वल्र्डलिंक र भायानेटले पुरानै मूल्य १७८१ रुपैयाँमा १०० एमबीपीएस इन्टरनेट दिन थालेका छन् । उनीहरूले मोबाइल एसएमएसमार्फत इन्टरनेटको स्पीड अपग्रेड भएको जानकारी उपभोक्तलाई दिन थालेका हुन् । अहिले इन्टरनेट उपभोक्ताले सस्तो मूल्यमै बढी स्पीडको इन्टरनेट प्रयोग गर्न पाउने भएका छन् ।