आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

नव निर्वाचित केन्द्रीय सदस्य गणेश लामालाई कांग्रेस नेता सिटौलाले बधाई दिए

गोकर्णेश्वर खबर६ पुष २०७८, मंगलवार १९:१० मा प्रकाशित (२ साल अघि) ३०९ पाठक संख्या

६ पुष, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा नव निर्वाचित केन्द्रीय सदस्य गणेश लामालाई कांग्रेस नेता तथा पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले बधाई दिएका छन् ।

सोमबार सिटौलाले लामालाई टिका खादा लगाएर बधाई दिंदै नेपाली कांग्रेसलाई बलियो बनाउन युवाहरुको भूमिका महत्वपूर्ण रहनेमा जोड दिए । उनले युवाहरुलाई नेतृत्वमा अगाडी ल्याउन आफू सँधै प्रतिबद्ध भएको बताए ।

सिटौलाले लामाको सफल राजनीतिक भविष्यको शुभकामना दिंदै युवा नेताहरुलाई आफ्नो सँधैं आशिर्वाद रहने बताए । उनले लामाको उज्वल राजनीतिक भविष्यको कामना गर्दै आर्शिवाद पनि दिए ।