आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

एमाले महाधिवेशन : उम्मेदवारीको पहिलो सूची सार्वजनिक, भोटिङ मेसिनहरु तयार 

गोकर्णेश्वर खबर१३ मंसिर २०७८, सोमबार १५:५५ मा प्रकाशित (२ साल अघि) १६६ पाठक संख्या

चितवन – नेकपा एमालेको १०औँ महाधिवेशनका केन्द्रीय नेतृत्वमा आउने आकांक्षी उम्मेदवारको पहिलो सूची सूचना पार्टीमा टाँसिएको छ ।

उम्मेदवारी दर्ता सकिएको झन्डै चार घन्टापछि महाधिवेशनस्थलमा केन्द्रीय निर्वाचन समितिले पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबी विरोधलगायतका प्रक्रिया सुरु हुनेछ भने उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । (नेपाल टिभि अनलाईनबाट)

मतदानका लागि भोटिङ मेसिनहरु तयार

नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत आज राति ९ बजेबाट शुरु हुने मतदानका लागि भोटिङ मेसिनहरु तयारी अवस्थामा राखिएका छन् ।

धेरै पदाधिकारी सर्वसम्मत भैसकेकोले मतदानमा ७२ वटा मेशिन मात्र प्रयोग हुने बताइएको छ । थप मेशिन स्ट्याण्डबाइ राखिनेछ । भोटिङ मेशिनमा यस र नो बटन मात्र हुने भएकोले मत बदर हुने सम्भावना नरहेको बताइन्छ ।